२७ पुष २०७९, बुधबार
कर्णाली । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त गरेका छन् ।
प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन।शर्माले आजै २५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए । शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०,राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन् ।
माओवादीको पोलिटब्युरो सदस्य समेत रहेका शर्मा रुकुम पश्चिम (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । कर्णालीमा माओवादी र एमालेबीच साढे २र२ वर्ष मुख्यमन्त्री आलोपालो गर्ने सहमति बनेको छ ।