२८ पुष २०७९, बिहीबार
एजेन्सी —राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसका शीर्ष कमाण्डरलाई जिम्मेवारी सम्हालेको तीन महिनामै हटाएका छन्।
चीफ अफ जेनरल स्टाफ भलेरी गुरासिमफले अब पुटिनले भन्ने गरेको “विशेष सैन्य कारबाही”को नेतृत्व गर्नेछन्।
उनले पछिल्ला दिनमा युक्रेनका ऊर्जा पूर्वाधारमा निर्दयी हमलाहरू गर्ने सर्गेई सुरोभिकिनलाई विस्थापित गरेका छन्।रुसीहरूले पछिल्ला महिनामा युक्रेनमा शृङ्खलाबद्ध क्षतिहरू बेहोरेपछि हालैका दिनमा पूर्वी युक्रेनमा प्रगति हासिल गरिरहेको दाबी गरिरहँदा सैन्य नेतृत्वमा यस्तो परिवर्तन देखा परेको हो।