अरुण कुमार नेपाली
२८पौष बिहिबार
दाङ – लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चयन माघ ३ गते गरिने भएको छ । उक्त दिन बस्ने प्रदेश सभाको बैठकले सभामुख र उपसभामुख चयन गर्ने छ । संविधानको धारा १८२ को उपधारा (१) अनुसार प्रदेश सभाका सभामुख र उपसभामुखको चयन प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र गर्ने व्यवस्था अनुसार माघ ३ गतेभित्र सभामुख र उपसभामुखको चयन गरिनेछ ।
दलिय भागवण्डा अनुसार माओबादी केन्द्रले सभामुख र राप्रपाले उपसभामुख पाउने छ । तर सभामुख र उपसभामुख कसलाई बनाउने भन्ने विषयमा ती दलहरु अझै निक्र्यौलमा पुग्न सकेका छैन्न् ।यद्यपी छलफल भने जारी रहेको सम्बद्ध दलका नेताहरुले बताएका छन् । एमालेको भागमा भने मुख्य मन्त्री परेको छ । उक्त पार्टीका संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् ।प्रदेश सभा सचिवालयले बिहिबार सूचना मार्फत सभामुख र उपसभामुख चयन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
प्रदेश सभा नियमावलीको नियम ७ को उपनियम (१) बमोजिम प्रदेश सभाका जेष्ठ सदस्य डिल्लीराज भुसालले निर्वाचनको कार्यक्रम र समय तालिका प्रकाशन गरेका हुन ।निर्वाचन कार्यतालिका अनुसार माघ २ गते साँझ साढे ५ बजे भित्र सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना र दर्ता गरी प्रस्तावित उमेद्धवारको सूचि प्रकाशन गर्ने कार्यक्रम छ
माघ ३ गते मंगलबार सभामुख र उपसभामुख चयनको लागि लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको बैठकमा क्रमशः सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भनी सदस्यहरुले प्रस्ताव गर्ने, समर्थक सदस्यहरुले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावहरुमाथि संक्षिप्त छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ।त्यस पश्चात सभामुख र उपसभामुख चयन हुने छन् ।
