काठमाण्डाै – सर्वदलीय बैठक बालुवाटारमा सुरु भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गर्नुभएकाे सर्वदलीय बैठक केहीबेरअघि सुरु भएको हाे ।
नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीकाे शपथ ग्रहणलगत्तै बैठक सुरु भएकाे हाे । बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरूको सहभागिता छ ।