काठमाडौं : कानुनमन्त्री धुव्रबहादुर प्रधानले पदभार सम्हालेका छन्।
शितल निवासमा सपथ ग्रहण पछि सिंहदरबार पुगेर प्रधानले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै कानुनमन्त्री प्रधानले आवश्यक कानुनबारे जानकारी गराउन अन्य मन्त्रालयहरुलाई पत्र पठाउने निर्णय गरेका छन्। राप्रपाबाट नवलपरासी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रधान पहिलो पटक मन्त्री बनेका हुन्।
उनले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गरेका थिए।