४ माघ २०७९,बुधबार
दाङ—दाङमा जबरजस्ती करणी मुद्धामा फरार भएका एक जना व्यक्ति पक्राउ परेका छन् । जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ४ जनकपुर बस्ने ग्रिसमान चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।आफनै घरमा लुकीछिपी बसि रहेको अबस्थामा चौधरीलाई इलाका प्रहरी कार्यालय भालुवाङ पक्राउ गरेको हो ।
चौधरीलाई जबरजस्ती करणी सम्बन्धि कुसर मुद्धामा पुनराबेदन अदालत तुल्सीपुरले २०६२ असार ५ गते ५ बर्षको कैद फैसला तोकेको थियो ।
तर चौधरी भने फरार थिए । १७ बर्षपछि पक्राउ परेका चौधरीलाई जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार घोराही दाङमा पठाईएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनबिकम शाहले जानकारी दिए ।