४ माघ २०७९ बुधबार
एजेन्सी— युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु(शिक्षालयनजिकै दुर्घटना हुँदा देशका आन्तरिक मामिला मन्त्री सहित कम्तीमा १४ जनाको मृत्यु भएको बताईएको छ। मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन्।
मृत्यु हुनेमा एकजना बालबालिका पनि छन्। ११ जना बालबालिकासहित २५ जना उक्त घटनामा परेर घाइते भएको बताइएको छ।हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्स्की र अरू आठ जना सवार थिए।
उनीबाहेक आन्तरिक मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरूको पनि निधन भएको छ। उनका उपमन्त्री र एक सचिवको पनि निधन भएको अधिकारीहरूले बताएका छन्।दुर्घटनामा मृत्यु भएकाहरुको वास्तविक सङ्ख्या अझै यकिन हुन सकेको छैन।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई ुकालो बिहानु बताउँदै मृत्यु भएका मन्त्रीहरूलाई साँच्चिकै देशभक्तु भनेका छन्।युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन्।त्यो दुर्घटनाबाहेक अरु केही भएको सङ्केत देखिएको छैन तर प्रत्यक्षदर्शीहरूले उक्त विपद्का लागि रुसको युद्धलाई दोष दिएका छन्।
एक स्थानीय सैन्य अधिकारीका अनुसार उक्त घटनामा २९ जना घाइते भएका छन्।घाइतेहरूलाई अस्पताल लगिएको छ।जलिरहेको भवनबाहिर हेलिकप्टरको भग्नावशेष छरिएको देखिन्छ।
शिशुशिक्षालयनजिकै आगो लागेकाले बालबालिका र त्यहाँका कर्मचारीलाई अन्यत्र लगिएको थियो।दुर्घटना हुँदा त्यहाँ निकै अँध्यारो थियो र हुस्सु लागेको थियो।
प्रारम्भिक विवरणहरूका अनुसार दुर्घटनाअघि हेलिकप्टर उक्त विद्यालयको भवनमा ठोक्किएको थियो।पछि हेलिकप्टर एउटा आवासीय भवननजिकै पुगेर खसेको थियो।