अरुण कुमार नेपाली
५ माघ २०७९ बिहिबार
दाङ—लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै छन् ।
सात दलिय गठबन्धनका तर्फबाट एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीमा छन् ।संविधानको धारा १६८(४) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्छ ।गिरी पौष २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन दलको स्पष्ट बहुमत छ ।मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र स्वतन्त्र२गरी कूल ५८ सांसदको समर्थन छ । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा बहुमतका लागी ४४ सांसदको समर्थन भए पुग्छ ।