७ माघ २०७९ शनिबार
काठमाडौं । पश्चिम नवलपरासीमा भारतीय तीर्थ यात्रु चढेको बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।
माघे औंशीको अवसरमा त्रिवेणीधाममा लागेको मेला भरी फर्कने क्रममा युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ रमपुरवामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय महेशपुरले जनाएको छ ।
उक्त बसमा ६१ जना सवार रहेको प्रहरीले जनाएको छ । अधिकांश घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई परासीको पृथ्वीचन्द्र अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।