८ माघ २०७९ आइतबार
एजेन्सी । ब्राजिलका सेना प्रमुख जनरल जुलियो सेजर डे अरुडा बर्खास्त भएका छन् ।
ब्राजिलमा यहि जनवरी ८ तारिखमा भएको संसद भवन, राष्ट्रपति भवन तथा सर्वोच्च अदालतमाथिको आक्रमण रोक्न प्रभावकारी भूमिका निभाउन नसकेको आरोपमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सेना प्रमुख अरुडालाई बर्खास्त गरेका हुन ।गत डिसेम्बर ३० मा सेनाको कमाण्ड सम्हाल्नु भएका सेनाप्रमुख अरुडालाई ३ हप्तामै पदबाट हटाइएको हो। राष्ट्रपति लुइजले सशस्त्र बलका सदश्य र प्रदर्शनकारीहरुसँग मिलेर देशमा हिंसा भड्काएको आरोप लगाउँदै यसअघि पनि थुप्रै उच्च पदस्थ अधिकारीहरुलाई बर्खास्त गरिसकेका छन् ।
ब्राजिलको सर्वोच्च अदालतले संसद भवनमाथिको आक्रमणको बारेमा छानविन गरिरहेको छ । जसमा पूर्वराष्ट्रपति बोल्सो नारोलाई मुख्य योजनाकार मानिएको छ । गत अक्टोबरमा भएको राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै बोल्सोका समर्थकले राजधानी ब्रासिलिया लगायत अन्य शहरहरुमा प्रदर्शन जारी नै राखेका छन् ।