प्रिया स्मृति गजमेर
माघ ९,२०७९ सोमबार
दाङ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सेवा प्रवाहलाई छिटोछरितो एवं व्यवस्थित गर्न निर्देशन दिएका छन् ।
सार्वजनिक सेवा प्रभावकारी नभएको जनगुनासो बढ्न थाले पछि सोमबार इलाका प्रशासन कार्यालय लमहीको निरीक्षण गर्दै रेग्मीले कार्यालय मातहतका कर्मचारीहरुलाई सेवा थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिएका हुन् ।
उनले समयमा प्रशासनले दिने सेवालाई सहज ढङ्गबाट सेवाग्राहीसँग पुग्ने गरी काम गर्न निर्देशन दिए ।‘कुनै पनि सेवा लिन आउने नागरिकलाई समस्या भएको गुनासो सुन्न नपर्ने गरी काम गर्नु सबैको दायित्व हो’, उनले भने ‘सबै सेवाग्राहीलाई सरकार भएको अनुभूति हुने गरी काम गर्नुस् ।’
अहिले राष्ट्रिय परिचयपत्र बनाउने कार्यले गर्दा पनि सेवा प्रवाहमा केही ढिला भएकाले केही दिनभित्रै सबै सेवा सहज हुने गरी काम हुने वताएका ।