अरुण कुमार नेपाली
१२ माघ २०७९ बिहीबार
दाङ – लमहीमा आज देखि छैंठौ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव महोत्सव शुरू भएको छ । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार”भन्ने मुल नाराका साथ देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा महोत्सव सुरु भएको हो ।

अजम्मरी सामुदायिक वनको पिकनिक स्थल (विविधता पार्कमा) महोत्सव सुरू भएको हो ।महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले गरेका गरे । उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षमा भएको महोत्सव उद्घाटन कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कमलजंग सिंह ठकुरीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्ष जागेश्वर बसेलले गरेका थिए । कार्यक्रम सुरू हुनु अघि विभिन्न जातजातिको झाँकीले लमही बजार परिक्रम गरेको थियोे ।
महोत्सवमा सुरक्षालाई दृष्टिगत गर्दै महोत्सव स्थलमा सिसी क्यामराको समेत जडान गरिएको छ । भने सूचना सञ्चारको कामलाई प्रभावकारी बनाउन इन्टनेटको पनि गरिएको छ । महोत्सवमा स्थानीय कृषि उत्पादनको बजारीकरण, खस्कदो व्यापारको पुनरुत्थान र पर्यटन विकासमा टेवा पु¥याउनको लागि महोत्सवको आयोजना गरिएको छ ।
महोत्सवलाई थप आकर्षित र प्रभावकारी बनाउन विभिन्न कला, संस्कृतिसंग सम्बन्धित झाँकी, नृत्य तथा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति समेत रहने छन् । करिब १ लाख भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । स्थानीय स्तरमा उपादित वस्तु तथा सेवालाई महोत्सवमा प्राथमिकता दिईने देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताएका छन् ।

महोत्सवमा कृषि, पर्यटन, उद्योग र व्यापार संग सम्बन्धित करिब २ सय ५० को हाराहारीमा स्टलहरु रहेका छन् । जस अन्तर्गत १५—२० वटा कृषि प्रदर्शनी र कृषि उत्पादनसंग सम्बन्धित वस्तुहरुको बिक्री वितरण स्टल, २५—३० वटा स्थानीय व्यापारिक स्टल र बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टल रहेको अध्यक्ष खनालले बताएका छन् ।
करिव ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । वाणिज्य संघले आफ्नो संघमा दर्ता भएका पसलहरुलाई भने ५० प्रतिशतको छुटमा स्टल उपलब्ध गराएको छ । भने बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टल रहेको अध्यक्ष खनालले बताएका छन् । महोत्सवलाई सहज रुपमा सञ्चालन र व्यवस्थापन गर्न लागि एक मूल समिति समेत बनाइएको छ ।
महोत्सव उद्घाटनका दिन उत्कृष्ट झाँकी प्रदर्शन गर्ने समुहलाई पुरस्कृत समेत गरिएको छ । जस अनुसार प्रथम हुने कुमाल समाज दाङलाई नगद १५ हजार नगद र प्रमाणपत्र, दोस्रो हुने नेपाल मगर सांस्कृतिक संघलाई नगद १० हजार र प्रमाणपत्र, तेस्रो हुने नेवा दवु लमहीलाई नगद ७ हजार ५ सय नगद सहित प्रमाणपत्र, र सान्त्वना हुने खीम बहादुर शाह माध्यामिक विद्यालयलाई नगद २ हजार ५ सय पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ भने विभिन्न स्थान बाट झाँकी जुलुसमा सहभागी भएका चौध वटा समुहलाई पांच हजार रुपैयाँ नगद प्रदान गरिएको संघका वरिष्ठ उपाध्यक्ष कमल जंग सिंह ठकुरीले जानकारी दिनु भएको छ ।
महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवको पहिलो दिन राष्ट्रियस्तरका चर्चित दोहोरी गायक चन्द्र शर्मा, मंजु भट्टराई, विन्दु परियार, अनुप बुढा लगायतको प्रस्तुति रहने छ।
महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु। एक सय तथा विद्यार्थीको हकमा ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।
