माघ १३,२०७९ शुक्रबार
काठमाडौँ – लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। गायक पौडेलको बिहीबार राति करिब ११ः२० मा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।उनि पछिल्लो समय लाइभ दोहरीमा निकै जमेका गायक हुन ।
पारिवारिक स्रोतका अनुसार गायक पौडेल केही समययता डिप्रेशनमा थिए। यद्यपि, उनको मृत्युको कारण भने खुल्न बाँकी छ। गायक पौडेलको शव आज बिहान ११ बजे कास्कीको रामघाटमा ल्याइ लोकदोहोरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेको बताइएको छ।