माघ १४,२०७९ शनिबार
माघ १४,२०७९ शनिबार
तुलसीपुर । तुलसीपुरमा माघको अन्तिम सातादेखि मेयर कप र फागुनदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ ।तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काको अध्यक्षतामा बसेको बैठकले फागुन ५,६ र ७ गते विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
यो वर्षको रनिङशिल्ड प्रतियोगिता महेन्द्र माध्यमिक विद्यालयको संयोजनमा हुनेछ ।त्यस्तै मेयर कप प्रतियोगिता भने फाुगन २७ गतेदेखि ३० गतेसम्म सञ्चालन गर्ने निर्णय भएको तुलसीपुर नगर शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए ।
त्यस्तै शिक्षा समितिको बैठकले शिक्षण प्रयोजनबाहेक अन्य समयमा सम्पूर्ण विद्यालयका शिक्षकहरुलाई कक्षाकोठामा मोबाइल लैजान प्रतिबन्ध गर्ने निर्णय पनि गरेको गरेको छ ।