अरुणकुमार नेपाली
माघ १५,२०७९आइतबार
दाङ—तुलसीपुर —१३ मा आइतबारदेखि प्रथम वडा कप फुटबल प्रतियोगिता सुरु भएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं.—१३ को आयोजनमा स्वर्गिय डम्बर बहादुर न्यौपाने स्मृति वडा कप प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले उद्घाटन गरे ।प्रतियोगितामा वडा भित्रका १२ वटा टिमको सहभागिता रहेको छ ।
साविक फुलबारी गा.वि.स. अन्तर्गतका ९ वडा वडाहरुबाट टिम बनाई वडा कप सञ्चालन गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद रु ३० हजार र द्धितिय हुने समुहले नगद रु १५ हजार र र तृतीय हुने समुहले नगद रु ५ हजार संगै ट्रफि र प्रमाणपत्र पाउने खेल संयोजक खिमकान्त पाण्डेले जानकारी दिए ।
वडाध्यक्ष मोहनलाल पौडेललको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन मधु नेपालीले गरेका थिए
साविक वडा नं.३ समुह ‘ए’ र वडा नं.९ को सुरुवाती विजयी
यसैबिच आइतबार भएको खेलमा साविक फुलबारी गा.वि.स.वडा नं.३ समुह ‘ए’र वडा नं. ९ को समुह विजयी भएका छन् ।
समुह चरण अन्तर्गत भएको पहिलो खेलमा साविक ४ नं.वडाको समुह ‘बि’ लाई शून्यका बिरुद्ध २ गोलले पराजित गर्दै समुह ए विजयी भएको हो ।
त्यसैगरी साविक वडा नं.९ को समुहले वडा नं.२ को समुहलाई शून्यका बिरुद्ध ३ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।तुलसीपुर १३ को शान्तिचौर खेल मैदानमा सुरु भएको प्रतियोगिता माघ १७ गतेसम्म हुने वडाध्यक्ष मोहनलाल पौडेलले जानकारी दिए ।