अरुणकुमार नेपाली
माघ १७,२०७९ मंगलबार
दाङ— फुलबारी साविक वडा नं.६ समुह ‘बी’लाई टाइब्रेकरमा ४—३ ले हराउदै साविक वडा नं.९ले वडा कप फुटबलको उपाधि जितेको छ ।निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरमा गरिएको थियो ।मंलगबार भएको फाइनल खेलमा वडा नं.९ ले प्रतियोगिता जितेको हो ।

जितसंगै वडा नं.९ को समुह प्रथम भयो भने वडा नं.६ समुह‘बी’ द्धितिय भएको छ । खेलमा प्रथम हुने टिमले नगद रु ३० हजार र द्धितिय भएको टिमले नगद रु १५ संगै मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै प्रतियोगितामा साविक फुलबारी गाविस वडा नं.३ समुह‘बी’ तृतीय भएको छ ।

यस टिमले नगद रु ५ हजारसंगै मेडल र प्रमाणपत्र पाउने छ । विजयी तीनै वटै टिमलाई भोली(बुधबार) पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ वडाध्यक्ष मोहनलाल पौडेलले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नंं.१३ ले आयोजनामा खेल भएको थियो । पूर्व वडाध्यक्ष स्वर्गिय डम्बर बहादुर न्यौपानको स्मृतीमा वडाले फुटबल प्रतियोगिता गरेको थियो ।