देउखुरी महोत्सवमा दर्शक बढ्दै,आज बद्री पंगेनी सहितका कलाकार आउदै
माघ २१,२०७९ शनिबार
दाङ । देउखुरीको लमहीमा जारी महोत्सवमा अवलोकन गर्ने दर्शकहरु बढ्न थालेका छन् ।सुरुवाती केही दिनहरुमा मानिसहरुको कम उपस्थिति भए पनि महोत्सव सकिने मिति नजिकिदै गर्दा अवलोकन गर्नेको सख्या बढ्न थालेको आयोजकले जानकारी दिएको छ ।
आज शनिबार दशौ दिन दर्शकको बाक्लो उपस्थिती रहने देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष केशबराज पोख्रेलले जानकारी दिए ।
शनिबार सार्वजनिक बिदाको दिन भएकाले पनि दर्शकको भीड बढ्ने उनले बताए ।करिब एक करोडको कारोबार गर्ने लक्ष्यका साथ देउखुरी उद्योग वाणिज्य संघले महोत्सव सञ्चालन गरेको हो।
महोत्सवको समयावधिभर उक्त लक्ष्य पुरा हुने उपाध्यक्ष पोख्रेलले बताए । यस्तै शुक्रबार करिब २५ सय दर्शकहरुले महोत्सवको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । अन्य दिनको तुलनामा भन्दा शुक्रबार महोत्सवमा दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।
आज पनि राष्ट्रिय कलाकार सहितको प्रस्तुती रहने
यसैबीच जारी महोत्सवमा आज पनि विभिन्न सांगितिक प्रस्तुती हुने भएका छन् ।राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितिमा सांगितिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार महोत्सवको दशौं दिन आज(शनिबार) राष्ट्रिय कलाकार बद्री पंगेनी,मञ्जु पौडेल,मोडल बिजय पुन,नृत्यांगना करिष्मा ढकाल लगायत दर्जन बढी कलाकारहरुको सांगितिक प्रस्तुति रहने छ ।
देउखुरी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव माघ १२ गतेदेखि सञ्चालन भएको हो ।अजम्बरी सामाुदायिक वनको ग्रिन पार्कमा सञ्चालन चलिरहेको महोत्सवमा शुक्रबार चर्चित गायिकका एलिना चौहान,मन्जु पौडेल,विजय पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए ।