माघ २२,२०७९ आइतबार
काठमाडौं । नेपाली कांग्रेस नेता उमेश श्रेष्ठले सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामिछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोग जाने भएका छन् ।
नेता श्रेष्ठ आइतबार बिहान साढे ११ः बजे निर्वाचन आयोग जाने र दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सांसद नरहने निर्णय गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एक सिट खालि रहेको छ ।
तत्कालीन सत्ता गठबन्धनको तर्फबाट कांग्रेसबाट उम्मेदवार हुनुभएका श्रेष्ठ झन्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए ।