२२ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आजआईतबार दर्शकलाई नचाउन र भरपुर मनोरञ्जन गराउन ख्याती प्राप्त गायक, गायिका, कलाकार आउने भएका छन ।
नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज ख्याती प्राप्त गायक ,बद्रि पंगेनी,गायिका एलिना चौहान र मोडेल तथा डान्सर अन्जली अधिकारीको बेजोड प्रस्तुति रह्ने प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।
