माघ २२,२०७९ आइतबार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई सम्बोधन गर्ने भएकी छन् ।
राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन ।आफ्नो कार्यकाल सकिन लागेको सन्दर्भमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्न लागेकी हुन् ।