माघ २९,२०७९ आइतबार
नेपालगंज—बाँकेको नेपालगंज महोत्सवमा भएको घटनामा आयोजकले आफ्नो नाम जोडेको प्रति संगीता पाठकले आपत्ती जनाएकी छिन् । आइतबार पत्रकार सम्मेलन गरी पाठकले घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पारेकी हुुन् ।
महोत्सवमा सञ्चालन गरिएको लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिताको नतिजालाई लिएर आयोजक र प्रतियोगितामा सहभागि प्रतियोगिका अभिभावक बिच विवाद भएको थियो । सो विवादमा पाठकको संलग्नता रहेको आयोजकले आरोप लगाएको थियो ।
पत्रकार सम्मेलन मार्फत विज्ञप्ति जारी गदै पाठकले आफ्नो चरित्र हत्या गर्ने मनसायले आयोजकले आफू माथि आरोप लगाएको बताइन । ‘
उनले विज्ञप्तिमा भनेकी छिन्, ‘आयोजकका केही पदाधिकारीहरुको एकतर्फी निर्णयका कारण विवाद उत्पन्न हो,त्यसमा मेरो नाम जोडिएकोमा खेदप्रकट गर्दछु।’
विवाद उत्पन्न भइसकेपछि छलफलको माध्यमबाट त्यसको समाधान गर्ने बाटो हुँदाहुँदै पनि उपस्थित भिडलाई झनै उत्तेजित गर्ने गरी एकतर्फी निर्णयको ढाकछोप गर्न आयोजकले रातारात निर्णय सुनाएको पाठकले बताइन ।
उत्तेजित भिडलाई शान्त गरी निर्णय सार्वजनिक गर्ने पक्षमा आफू भए पनि प्रतिस्पर्धिले निर्धारित समयअगावै बाकस उठाएपछि र आयोजककै गल्तीका कारणले टिकट फालेको भन्दै केही समुहले होहल्ला गर्न थालेपछि आफूले सिर्जित विवादलाई मिलाउने कोसिस मात्र गरेको उनको भनाइ छ। तर निर्णायकको तर्फबाट मनोमानी ढंगबाट जवाफ आएको भन्दै उनले घटना भइसकेपछि आयोजक आफू सहित केही सदस्यहरुलाई छोडेर भागेको समेत पाठकले बताइन । घटना भए लगत्तै रिर्पोटिङका लागी गएका पत्रकारहरुलाई अवरोध समेत गरिएको थियो ।
आयोजकले भने विरोधका बावजुत रातारात नै नतिजा घोषणा गरेको थियो ।दर्शकको अनुपस्थितिमै केही सीमित अभिभावकको माझ आयोजकले नतिजा सार्वजनिक गरेको थियो । मुख्य आयोजकका अध्यक्ष मधु खड्काले निर्णायकले निकालेको नतिजा भन्दै केही सीमित व्यक्तिको माझमा नतिजा सार्वजनिक गरेकी थिइन । तर प्रतिस्पर्धिहरुका अनुसार खड्काले भोट गणनामा अस्वभाविक रुपमा चाँसो देखाउदै आएर्की थिइन् ।
घटनाको विषयमा जानकारी लिन खोज्दा अध्यक्ष खड्काले पाठकलाई उल्टो बदनियत ढंगले जवाफ दिएको बुझिएको छ । गलत विषयका विरुद्धमा कुरा उठाउँदा अध्यक्ष खड्काले व्यक्तिगत रिसीवी राखेको पाठकले बताइन ।उनले व्यक्तिगत चाहना पुरा नभएपछि यस घटनालाई आधार बनाएर आफूमाथि आरोप लगाइएको बताइन । पाठकले घटनाको सत्यतथ्य छाबिन गर्न समेत माग गरेकी छिन् ।
उता शनिबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी घटनाको मुख्य दोषी पाठक नै भएको बताएको थियो ।