माघ २९,२०७९ आइतबार
दाङ— तुलसीपुरमा स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेक केही दिनका लागि बन्द भएको छ । आर्थिक मन्दीका कारण पुँजी व्यवस्थापन हुन नसकेपछि सहकारी बन्द गर्नु परेको अध्यक्ष शुशिल बानियाले बताए ।
आइतबार बाँनियाले एक विज्ञप्ति जारी गदै आर्थिक मन्दीको कारण केही दिनका लागी सहकारीबाट हुने सबै कारोबार बन्द गरिएको छ । सबै बचत कर्ताहरु एकै पटक चल्ती खाता ,मुद्धती र शेयरको रकम झिक्न आउँदा पुँजी व्यवस्थापन हुन नसकेका कारण भएवपछि अर्को सूचना जारी नहुँदासम्म कारोबार बन्द गरिएको सहकारी संस्थाले जनाएको छ ।
साथै शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था मर्जर प्रकृया रहेकाले पनि केही समयका लागि अर्को सूचना नआएसम्म तथा पुँजी व्यवस्थापन नभएसम्म कार्यालय बन्द हुनेछ ।
