२ फाल्गुन २०७९, मंगलवार
काठमाडौं । थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १५ सय ४४ जनाको नमूना परीक्षण गरिएको थियो ।
२०९ जनाको पीसीआर र १३३५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार देशभर २ जना संक्रमणमुक्त भएका छन् भने ६ जना सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।