भोली लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा
२०७९ फागुन २ गते
दाङ। लुम्बिनी प्रदेश सरकारले बुधवार स्थापना मनाउने भएको छ । भोलि लुम्बिनी प्रदेश सरकार स्थापना भएको पाँच वर्ष पूरा हुँदैछ।
मन्त्रिपरिषद्को मंगलबार बसेको पूर्ण बैठकले प्रदेश सरकारको स्थापना दिवस प्रदेश राजधानी देउखुरीमा भव्य रुपमा मनाउने निर्णय गरेको हो ।स्थापना दिवसको अवसरमा भोली सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको औपचारिक उट्घाटन प्रदेश प्रमुख अमिक शेरचणले गर्ने भएका छन् ।यसैबिच प्रदेश स्थापनाको अवसरमा भोली लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा समेत दिईएको छ ।
