फागुन २, २०७९ मंगलबार
जाजरकोट – जाजरकोटमा मङ्गलवार दिउँसो भिरबाट लडेर पूर्व जनमुक्ति सेना नेपालका कमान्डरको ज्यान गएको छ ।
भेरी नगरपालिका २ डिगाँका ३९ वर्षीय नरबहादुर थापा (जलन) को घर नजिकैको भिरबाट लडेर ज्यान गएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ढकवीर रानाले जानकारी दिए ।
जाजरकोट प्रहरीका अनुसार सोमवार दिउँसो पशुचौपाया चराउन हिँडेका थापा आज दिउँसोसम्म पनि घर नफर्केपछि खोजी गर्दा घर नजिकैको भिरभन्दा तल मृत अवस्थामा भेटिएका थिए ।