फागुन ३,२०७९ बुधबार
दाङ । लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ ।
लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो ।
कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने भएका छन् । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक समेत विदा दिइएको छ ।