फागुन ५,२०७९ शुक्रबार
विरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै पार्टीकी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सम्झना सीले पार्टीले देशव्यापी रूपमा शुक्रबार विद्रोहको शुरुवात गरेको बताइन्। उनले बैंकको बढ्दो ब्याजदर, लघुवित्त संस्थाको ज्यादती र मिटरब्याजका कारण आमजनता र उद्योग, व्यवसायीमा संकट थपिदै गएको पनि बताइन्।
उनले भनिन्, ‘ऋण लिएर केही गर्छु भन्ने उद्योगी, व्यवसायीहरू जेलिदै गएको र दलाली, भ्रष्टाचारीहरूले आफ्नो ७ पुस्तालाई पुग्ने गरी सम्पत्ति कमाएका छन्। यो दलाल संसदीय पुँजीवादी व्यवस्थाले नेपालका युवा, व्यवसायी र उद्योगीलाई भगाउन खोजेको छ। कहिले प्रजातन्त्रको नाममा, कहिले बहुदलको नाममा र कहिले गणतन्त्रको नाममा राज्यका मालिकहरूले जनतालाई ठगिरहेको छन्।’उनले पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत यो दलाल राज्य व्यवस्थाको हस्तक्षेपविरुद्ध अगाडि बढेको समेत बताइन्। उनले हरेक नेपालीको टाउकोमा राज्यको ऋण भएको र आज ऋण नभएको व्यक्ति कोही पनि नभएको उल्लेख गरिन्।
कोणसभालाई सम्बोधन गर्दै दाङ जिल्ला उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष नारायण भुसालले बैंकको ब्याजदरको विरुद्धमा उद्योग, व्यवसायीहरूले जिल्ला र प्रदेशमा आन्दोलन गर्दा कुनै पनि राजनीति दलले ऐक्यबद्धता जनाउन नसकेको स्मरण गराउँदै नेपाल कम्युनिस्ट पार्टी आज सडकमा आएको बताए।बैंकबाट उनले ऋण लिँदा ७-८ प्रतिशतमा सम्झौता गरे पनि अहिले बैंकले ब्याजदर बढाएर १८-१९ प्रतिशतसम्म पुर्याएको भन्दै यो वार्षिक रूपमा हेर्दा कर अन्य सेवा शुल्क समेत गरेर मासिक २ प्रतिशत ब्याज पुगेको हुँदा व्यवसायीमाथि चुनौतीको विषय बनेको बताए।उनले बैंकको बढ्दो ब्याजदरले गर्दा आज बजारका सटर खाली भइसकेको भन्दै भोलि दिनमा यो व्यवस्था परिवर्तनका लागि यही सडक आन्दोलन अपरिहार्य बन्न सक्ने समेत बताए।‘नेपाल कम्युनिस्ट पार्टीले यो चोकमा आन्दोलन गरिरहँदा हामी यहाँ आएका छौं’‚ उनले भने ‘हामीलाई रहर होइन। हामीलाई बाध्यता बनाइयो। त्यसकारण हामी यहाँ आएका छौं।
यहाँहरूलाई सम्मान व्यक्त गर्न चाहन्छौं।’त्यसैगरी व्यवसायी ओपेन्द्र महराले आज बढ्दो बैंकको ब्याजदरले गर्दा व्यवसायीहरू आत्मदाह र डिप्रेशनमा जाने अवस्था आएको बताए। उनले राज्यले थाल्नुपर्ने अभियान नेकपाले थालेको भन्दै यो अभियानमा राज्य मूकदर्शक भएको पनि बताए।त्यस्तै कोणसभामा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले विप्लव नेतृत्वको नेकपाले व्यवसायीको पक्षमा र व्यवसायीको हकहितको पक्षमा आवाज उठाएको बताए।उनले भने, ‘पछिल्लो चरणमा धेरै व्यवसायी पलायन भएको अवस्था छ। यो बढ्दो ब्याजदरका कारण थुप्रो व्यवसायीले आत्महत्या गरिसक्नु भएको छ। केहीले व्यवसायी छोडिसक्नु भएको छ। लघुवित्तको ज्यादतीले धेरैले गाउँ छोडेर भागेको अवस्था छ। यो ज्यादतीविरुद्ध यहाँहरूले आन्दोलन गर्नुभएको छ।