नेपालगंज- फागुन,७/ साहिल अन्सारी
नेपालगंज उपमहानगरपालिका वडा न.१२ मा आज स्वास्थ्य शिवीरको आयोजना गरिएको छ नेपाली उपभोक्ता संरक्षण महासंघ बाँकेको आयोजना तथा नेपालगंज वडा .१२ को समन्वयमा आज बिहान देखि नै स्वास्थ्य शिवीर सुरु गरिएको छ।


वडामा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा सामान्य स्वास्थ्य जांच तथा परामर्श र औषधि वितरणका लागि शिविरको आयोजना गरिएको नेपाली उपभोक्ता संरक्षण महासंघ बाँकेका अध्यक्ष डा.बिनोद कर्णले बताउनु भयो वडामा सुचिकृत भएका ज्येष्ठ नागरिक क्लबका करिब दुई सय भन्दा बढी लाई सेवा प्रवाह गर्ने लक्ष्य रहेको डा.कर्ण ले बताउनुभयो।

उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले कार्यक्रम आयोजना गरिएको प्रति धन्यवाद ज्ञापन गर्दै ज्येष्ठ नागरिकको स्वास्थ्य प्रति स्थानीय सरकार गम्भीर रहेको बताउदै मोतिबिन्दु रहेको ज्येष्ठ नागरिकको निशुल्क उपचारका लागि व्यवस्था मिलाईएको समेत बताउनुभयो।

कार्यक्रममा नेपालगंज वडा न.१२ का अध्यक्ष तरुण कुमार बज्राचार्यले कार्यक्रमको प्रशंसा गर्दै वडामा ज्येष्ठ नागरिकहरु लाई एकीकृत गरि समुहमा आबद्द गराउन वडा कार्यालयले काम गरिरहेको साथै ज्येष्ठ नागरिकहरुको स्वास्थ्य प्रति आफु हरु संबेदनशिल भई बिभिन्न निकाय संग सहकार्य गरि काम गरिरहेको साथै आगामी दिनमा समेत थप योजनाका साथ् गर्न जोड दिनुभयो।

स्वास्थ्य शिविरमा डा. राहुल कुर्मी,डा.उर्बशी गुप्ता,डा.शबाना मुकेरी र डा. धिरज गिरि लगायतले सेवा प्रदान गरिरहनु भएको महासंघका अध्यक्ष डा.बिनोद कर्णले जानकारी दिनुभयो।

कार्यक्रमको उद्घाटन सत्रमा नेपालगंज वडा.न.१२ का अध्यक्ष तारुक कुमार बज्राचार्य,नेपाली कांग्रेस बाँकेको पुर्व सभापति किरण कोईराला,रेडक्रसका प्रतिनिधि,उपभोक्ता संरक्षण महासंघ बाँके शाखाका कार्यसमिति पदाधिकारी,पत्रकार,समाजसेवी राजनीतिक दलका प्रतिनिधि,स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
