२०७९ फागुन १२ गते
काठमाण्डौ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको उम्मेदवार नै राष्ट्रपति हुने दाबी गरेका छन् ।
शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।
अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै भनिसकेको उल्लेख गरे । उनले पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको पनि बताउए । उनले भने, ‘राष्ट्रपति एमालेको हुन्छ भन्नेकुरा त हामीले पुस १० गतै नै भनेका हौँ । अरु घटनाक्रम हामीलाई थाहा छैन ।’
प्रतिनिधि सभाको बैठकअघि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालको बैठक बसेको थियो ।