२०७९ फागुन १२ गते
जनकपुरधाम । पर्यावरण अभियन्ता दिलीप महतोको हत्यामा दोषी ठहरिएका तीन जनालाई कैद सजाय सुनाइएको छ ।
मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५-२५ वर्ष कैद र ५-५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला सुनाएको छ ।
त्यस्तै हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोको हकमा भने साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने जिल्ला अदालत धनुषाले फैसला गरेको हो ।
जिल्ला अदालत धनुषाका इजलास नम्बर ६ का न्यायाधीश चित्रबहादुर गुरुङले फैसला सुनाएको इजलास अधिकृत विष्णु भट्टराईले जानकारी दिइन् ।