फागुन १२,२०७९ शुक्रबार
बुटवल—मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिन सरकारसंग माग गरेको छ । नेपाल मगर संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १५ गते मगर स्थापना दिवस र मगर एकता दिवस भएकोले उक्त दिन देशैभरी सार्वजनिक विदा दिन माग गरेको हो ।
मगर संघले शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न समेत माग गरेको छ । लखन थापा नेपालको प्रथम शहीद भएकाले उनलाई राष्ट्रिय विभूति घोषणा गर्नु पर्ने मगर संघको माग छ ।