फागुन १२,२०७९ शुक्रबार
काठमाण्डौ —वर्तमान सत्तारुढ गठबन्धनको प्रमुख घटक एमालेले भने प्रधानमन्त्री प्रचण्डले धोका दिएको आरोप लगाएको छ। उसले शुक्रबार बालुवाटारमा ८ दलको बैठकले गरेको निर्णयले देशमा नयाँ अस्थिरताको बिजारोपण भएको आरोपसमेत लगाएको छ। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निर्णयले सत्ता गठबन्धनको भविष्यसमेत अनिश्चित बनेको बताए।
शुक्रबार विकसित नयाँ राजनीतिक घटनाक्रमबारे एमालेले शनिबार सचिवालय बैठक बसेर आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। एमालेले भोलि सचिवालय बैठक डाकेको छ।