फागुन १३,२०७९ शनिबार
दाङ—राष्ट्रपतिको विषयमा नयाँ समिकरण बनेसंगै वर्तमान सत्ता गठबन्धनको भविष्य सङ्कट तर्फ धकेलिएको छ । शुक्रबार वर्तमान सरकारको बागडोर सम्हालेको नेकपा (माओवादी) केन्द्र सहितका आठ दलले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरे पछि वर्तमान सरकार संकटमा पर्ने देखिएको हो ।
माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेसंगै वर्तमान सरकारको प्रमुख दल नेकपा एमाले रुष्ट बनेको छ । उसले पौष १० गते सरकार निर्माण गर्दा भएको सहमति प्रचण्डले तोडेको र एमालेलाई धोका दिएको बताएको छ ।
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले शुक्रबार प्रचण्डले धोका दिएको बताएका थिए । प्रचण्डले नेपाली कांग्रेस सहितका ८ दललाई समेटेर नयाँ समिकरण बनाएपछि अब गर्ने भन्ने विषयमा छलफल गर्न नेकपा एमालले आज(शनिबार) सचिवालय बैठक बोलाएको छ । बैठकमा वर्तमान सरकारमा रहने कि नरहने बारेमा छलफल हुने एक नेताले बताए ।
कतिपयले वर्तमान सत्ता गठबन्धनको भविष्य संकट तर्फ धकेलिएको टिप्पणी गरिरहेका छन् । नयाँ गठबन्धन बनि सकेकाले एमाले सरकारमा बस्न नहुने कतिपय विश्लेषक र स्वयंम उक्त दलसम्वद नेताहरुले बताउदै आएका छन् ।
त्यसप्रति प्रतिक्रिया दिँदै एमालेका नेताहरूले माओवादी केन्द्रले आफ्नो दलसँगको सहमति पालना नगरेर धोका दिइरहेको बताएका छन्।सामाजिक सञ्जाल फेसबुकमा एमालेका अर्का नेता गोकुल बास्कोटाले सरकारमा ‘कथित वामपन्थी सहकार्य’ समाप्त