फागुन १३,२०७९ शनिबार
काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधन भएको छ ।शनिबार भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासी ढलेकी थिइन।
वेहोस भएर ढलेकी ६७ वर्षिय सांसद रहमानको मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
केन्द्रीय सदस्यसमेत रहनु भएकी रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।