दाङ-जिल्लाको तुल्सीपुरमा रहेको मानव सेवा आश्रममा एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान पौने १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका ६ गाईडरमा अवस्थित मानव सेवा आश्रममा आश्रित अन्दाजी ३६/३७ वर्षिय कट्टा तिवारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।मृतक तिवारी विगत एक वर्षदेखि आश्रममा बस्दै आएका थिए ।
प्रहरीले दिएको जानकारी अनुसार उनको कालगतिले मृत्यु भएको बुझिएको छ । उनी प्यारालाईसिसको बिरामी समेत रहेको प्रहरीले बताएको छ ।