फागुन १३,२०७९ शनिबार
काठमाडौं —नेकपा एमालेले आगामी २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफ्नो दलका नेता सुवास नेम्वाङलाई मतदान गर्न एकीकृत समाजवादीलाई आग्रह गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिवार नेकपा(एकिकृत) समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई औपचारीक पत्र पठाउदै सो आग्रह गर्नु भएको हो । पौष १० गते सरकार निर्माणका क्रममा भएको सहमति अनुसार नै नेम्वाङलाई एमालेले राष्ट्रपतिमा उम्मेदवारी बनाएको स्मरण गराउदै ओलीले नेपालसंग सहयोग मागेका हुन् ।
ओलीले पत्रमा लेखेका छन,राष्ट्रिय सभा,प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरु मतदाता रहने यस राष्ट्रपति निर्वाचनमा तपाईको पार्टीका तर्फबाट माननिय सुवास नेम्वाङको पक्षमा मतदानका लागी पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु । पत्रमा उनले नेपालको संविधानको मर्म र भावनाअनुरुप सुवास नेम्वाङ राष्ट्रपतिका लागि योग्य रहेकाले सहयोग गर्न आग्रह गरेका छन्।