नेपालगंज/प्रदिप गुप्ता
बर्दियाको बारबर्दिया नगरपालिकामा नगर प्रमुख र उपप्रमुख संग किशोरी संवाद सम्पन्न भएको छ
लैंगिक समानताको बलियो आधार: सृजनात्मक प्रबिधिमा महिला पहुँच को बिस्तार भन्ने मुलानारा नाराका साथ् ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आईतबार रेष्ट पैरवी समुहको आयोजना,स्वास्थ्य तथा शिक्षा बिकास केन्द्रको सहकार्य,रेष्ट नेपालाको सहयोग तथा बारबर्दिया नगरपालिकाको समन्वयमा अंशुबर्मा माबीको स्रोत केन्द्रमा संवाद सम्पन्न भएको हो
बारबर्दियामा किशोरी तथा बालबालिकाको समस्या समाधान तथा किशोरीहरुको शैक्षिक,सामाजिक,स्वास्थ्य तथा संरक्षणको सवालमा केन्द्रित रही सहभागी किशोरीहरुले उठाएको सवाललाई बारबर्दिया नगरपालिकाका स्थानीय तह प्रमुखले सम्बोधन गर्नुभएको छ
कार्यक्रममा सहभागी किशोरीहरुले बालविवाह,बालयौनदुर्व्यहार, बिधालयमा समयमा पाठ्यपुस्तकको उपलब्धता नहुनु,बिधालयमा शिक्षकको लापरवाही,स्वास्थ्य सरसफाईको समस्या,किशोरीहरु महिनावारीभएको बेला सेनेटरी प्याडको व्यवस्था नहुनु लगायतको समस्याहरु बारे किशोरी हरुले जवाफ खोजेका थिए
किशोरीहरुले उठाएको जिज्ञासा सम्बोधन गर्ने क्रममा बरबर्दिया नगरप्रमुख छबिलाल थारूले आगामी २ बर्ष भित्र आफ्नो स्थानीय तह लाई बालविवाह मुक्त पालिका घोषणा गर्न तत्पर रहेको साथै सो का लागि आवस्यक जनचेतनाका कार्यक्रम हरु संचालन गर्ने बताउनु भयो साथै उपप्रमुख रत्न कुमारी पाण्डेले फागुन मसान्त सम्म हरेक बिधालय तथा स्वास्थ्य चौकीमा प्याडको उपलब्धता गराउने समेत प्रतिबद्दता जनाउनुभयो
नगरपालिकाले आफ्नो नगरपालिकामा शान्ति सुरक्षा कायम गर्नका लागि राति अबेला सम्म बादक पदार्थ बिक्रि वितरण तथा सेवन र राति आमनागरिक लाई अवरोध हुनेगरी क्रियाकलापमा समेत रोक लगाउन स्थानीय प्रहरी प्रशासन संग समन्वय गरिरहेको समेत बताउनु भयो
मेयर थारु का अनुसार बिधालयमा बालबालिकाहरु को शिक्षाको अधिकार प्रति स्थानीय सरकार सम्बेदनशील रहेको बताउदै बिधालयमा शिक्षकको लापरवाही असहय हुने साथै कुनै गल्ति भए कारवाही गर्ने समेत बताउनुभएको छ साथै स्वास्थ्य सरसफाईको बिषयमा नगरपालिकाले बिभिन्न कार्यक्रम हरु मार्फत काम हरु गर्ने बताउनुभयो
नगर उपप्रमुख पाण्डेले आर्थिक बर्ष सम्पन्न हुनुभन्दा अगाडी नै लक्षित बर्गका कार्यक्रम हरु संचालन गर्न सम्बन्धित शाखाहरु लाई निर्देशन जारी गरिएको र बालबालिकाको सवालमा सबै निकाय गम्भीर रहन समेत आग्रह गर्नुभयो
कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख उषा पुन,स्वाश्त्य तथा शिक्षा बिकास केन्द्रका प्रमुख गणेश भट्टराई तथा बारबर्दिया नगरपालिकाका बिषयगत शाखाका प्रतिनिधि,किशोरी समुहका पदाधिकारी,महिला स्वास्थ्य स्वयम्सेविका लगायतको सहभागिता रहेको थियो
जसमा कार्यक्रमको उद्घोषक जीवन अर्याल र संवादको सहजिकरण बालअधिकारकर्मी साहिल अन्सारीले गर्नुभएको थियो