२५ फाल्गुन २०७९, बिहीबार
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेको लागेको छ ।
उडेको केही छिनमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गराइको छ । तुरून्तै अवतरण गराइएकाेले जहाज र यात्रुहरू सुरक्षित रहेकाे जनाइएकाे छ ।
श्री एयरको उडान नं ८२१ को जहाज काठमाडौँबाड उडेको केही छिनमै काठमाडौँ फिर्ता भएको छ । इन्जिनमा आगो लागेको देखिएपछि चालक दलका सदस्यहरुले त्रिभुवन विमानस्थलको टावरलाई जानकारी दिएका थिए । धादिङमाथिको आकाशमा पुगेपछि जहाज काठमाडौँमै फिर्ता भएको हाे ।