२६ फाल्गुन २०७९, शुक्रबार
धनगढी — बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष विना भट्ट माथि कुटपटि भएको छ । बिहीबार सोही गाउँपालिका वडा नं.—३ बस्ने दीपक बहादुर चन्दले उपाध्यक्ष भट्लाई कार्यकक्षमै कुटपिट गरेका हुन्। मादक पदार्थ सेवन गरेका चन्दले करिब ३ः२० को समयमा कार्यकक्षमै प्रवेश गरी आफूमाथि कुटपिट गरेको भट्टले बताइन ।
‘म कुर्सीमा बसिरहेकी थिए,एक्कासी कार्यकक्षमा प्रवेश गरेर चन्दले मलाई कुपिट गरे उनले भनिन्,लछारपछार गरी हातमा लिएको फलामको पिलासले कुट्नुसम्म कुटे ।’
यसैगरी उनले ज्यान मार्ने धम्कीसमेत दिएको हुँदा निजमाथि आवश्यक छानबिन गरी गराई कारबाहीका लागि गाउँपालिका राष्ट्रिय महासंघ नेपाललाई निवेदन दिएकी छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीले भट्टमाथि कार्यकक्षमै हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चन्दलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मदिरा सेवन गरेर शुक्रबार कार्यकक्षमै प्रवेश गरेर आफूमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै उपाध्यक्ष भट्टले निवेदन दिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले चन्दलाई शनिबार पञ्चेश्वरको हल्दुविनायक प्रहरी चौकीले सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए।
‘उपाध्यक्षज्यूले मदिरा सेवन गरेर चन्द आफ्नो कार्यकक्षमा प्रवेश गर्दै आफूमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै निवेदन दिएपछि उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ’‚ जोशीले भने, ‘घटनाबारे थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउँछौँ।’
चन्दले पालिकामा विद्युत् विस्तारको ठेक्कामा काम गरेका चन्दले ठेकेदारबाट लिनुपर्ने ज्याला नपाएको भन्दै आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दिइरहेको बताइन्।