२७ फाल्गुन २०७९, शनिबार
काठमाडौं । सत्ता गठबन्धनमा आम जनता पार्टी (आजपा) पनि सामेल भएको छ । यो सँगै सत्ता गठबन्धनमा आबद्ध दलको संख्या १० पुगेका छन् । शनिबार वालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा (आजपाका) अध्यक्ष प्रभु शाह पनि सामेल भएका हुन् ।
यसअघि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पाटी र राष्ट्रिय जनमोर्चासहित ९ दलीय गठबन्ध थियो ।यतिबेला उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन १० दलको बैठक बसिरहेको हो ।उक्त बैठकले सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउने भएको छ ।