२७ फाल्गुन २०७९, शनिबार
वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन् ।वडाध्यक्ष नन्दकिशोर चौधरीलाई डिभिजन वन कार्यालयको टोलीले आज पक्राउ गरेको हो ।
वन डिभिजन कार्यालय बाराका वन अधिकृत विनोदकुमार सिंहलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् ।वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको छ।