२८ फाल्गुन २०७९, आईतवार
दाङ —दाङमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७, बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरी सहित तीन जना छन् ।उनीहरूले ती माहिलालाई बेलभार चोकदेखि करिब १०० मिटर पश्चिममा रहेको खाली जग्गामा लगी बलात्कार गरेको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।
यसैबिच
दाङमै ४ वर्षिया बालिका बलात्कृत भएकी छिन् । घोराही उपमहानगरपालिका १८ मसिना निवासी ३४ वर्षिय विरराज लम्सालले ४ वर्षिया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बलात्कार गरेको आरोपमा लम्साललाई प्रहरीले शुक्रबार पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताएको छ । उक्त घटना बंगलाचुली गाउँपालिका ४ मुलाबारीमा भएको हो ।