१ चैत्र २०७९, बुधबार
टोकियो—यूट्यूबरबाट सांसद बनेका जापानका एकजना सांसदलाई संसद्मा प्रवेश गर्नै नपाई निष्कासन गरिएको छ। यसरी निष्कासनमा पर्ने उनी जापानको पहिलो सांसद बनेका छन्।
योशिकाजु हिगाशितानीलाई सिनेटका उनका सहकर्मीहरूले काममा नआएको भन्दै मङ्गलवार निष्कासन गरेका बिबिसीले जनाएको छ ।।सात महिनाअघि सांसदमा निर्वाचित भएदेखि उनी एक दिन पनि संसद्को बैठकमा गएका थिएनन्।लगातार अनुपस्थित भएका कारण संसदको अनुशासन समितिले उनको संसद् सदस्यको हैसियत खोसेको हो।