२ चैत २०७९ बिहीबार
प्रदिप गुप्ता
नेपालगञ्ज—वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी प्रमुख इन्द्रजित सुनारले नगरको शान्ति सुरक्षा र चोरी तस्करी नियन्त्रण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
केही दिन अघि वडा प्रहरी कार्यालय नेपालगञ्जमा प्रहरी प्रमुखको रुपमा सरुवा भई आएका सुनारले नयाँ सरोकारसंग भने,’यहाँको वस्तु स्थिति अनुसारको शान्ति सुरक्षा कायम गर्न आफू प्रतिबद्ध रहको बताए ।
शान्ति सुरक्षाको हिसाबले नेपालगञ्ज अतिसंवेदनशिल क्षेत्र भएकाले प्रहरी निकायले उच्च प्राथमिकता साथ आफ्नो कर्तव्य निर्वाह गर्ने प्रहरी प्रमुख सुनारले बताए ।
‘भारतसंग सीमा जोडिएकाले पनि नेपालगञ्जको शान्ति सुरक्षा अति संवेदनशिल छ,सीमाबाट चोरी तस्करी र अवैध कारोबारहरु हुन सक्ने सम्भावना पनि धेरै हुन्छ,’उनले भने,’ ती सबै कुरालाई प्रहरीले विशेष निगरानीमा राखेर शान्ति सुरक्षाको कामलाई अघि बढाउछ।’,
नेपालगञ्जको अर्को समस्या ट्राफिक जाम र ध्वनि प्रदूषण पनि रहको बताउदै प्रहरी प्रमुख सुनारले त्यसलाई नियन्त्रण गर्न सबै सरोकारवालाहरुको सहकार्यमा प्रहरी युनिट अघि बढ्ने बताए ।