२ चैत्र २०७९, बिहीबार
दाङ— यहि चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि विभिन्न विद्यार्थी संगठनहरुले अन्तिम प्रचार अभियान लाई तीब्र पारेका छन ।
आज रातिदेखि निर्वाचन आचारसंहिता लागु हुने भएकाले अन्तिम दिन विद्यार्थी संघ संगठनले प्रचारप्रसार मार्फत आफ्नो प्यानललाई जिताउन आग्रह गरेका छन्। यसैक्रममा राप्ती बबई क्याम्पसमा संयुक्त अनेरास्ववियु प्यानलले बिहीबार उम्मेदवारको परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
सभापतिका उम्मेदवार प्रदीप बस्नेतको अध्यक्षता तथा एमाले केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यता एवं बिप्लवका नेता प्रदिप वलीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले नेतृ कोमल वलीले परिवर्तित शिक्षालाई अघि बढाउदै विद्यार्थीको चाहाना पूरा गर्ने काम अनेरास्ववियुको नेतृत्वले मात्रै गर्न सक्ने बताउदै उक्त प्यानललाई विजय बनाउन आग्रह गरिन्।
उनले अबको शिक्षा युवा विद्यार्थीको रोजाईमा हुने गरी विकसित गर्नुपर्ने बताइन्।वलीले लोकप्रिय संगठनका रुपमा स्थापित अनेरास्ववियुले नेतृत्व गरेको संयुक्त प्यानलको जितबाट क्याम्पसको शैक्षिक अवस्था थप मजवुद बन्ने बताइन। कार्यक्रममा बिप्लव नेता प्रदीप वलीले शिक्षा सुधारको लागि संयुक्त अनेरास्ववियुको प्यानललाई विजयी बनाउन विद्यार्थीलाई अपिल गरेका थिए । उक्त कार्यक्रमको सहिजकरण अनेरास्ववियुका नेता रबिन वलीले गरेका थिए ।
क्याम्पसमा एमाले निकट अखिलले अखिल (क्रान्तीकारी) विप्लवसंग तालमेल गरी निर्वाचनमा होमिएको छ । यो प्यानलबाट सचिवमा सोनिया थापा, कोषाध्यक्षमा हेमन्त प्रकाश वली उम्मेदवारका रुपमा रहेका छन । यस्तै, सदस्यहरुमा सागर देवकोटा,नविन डिसि,मनोज रावत ,भूमिसरा उपाध्याय,मनिसा चौधरी,कोमल वली र इश्वर गिरी रहेका छन ।