४ चैत्र २०७९, शनिबार
काठमाडौं । काठमाडौंदेखि सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्काइएको छ ।
बुद्ध एयरका अनुसार एन एएमडी नामक ७२ सिट क्षमताको एटीआर जहाजमा उड्दा उड्दै इन्डिकेटरमा समस्या देखाएको हो ।
अहिले काठमाडौंमै अवतरण गरेर जहाजको चेक जाँच भइरहेको बताइएको छ । उक्त जहाज सिमराको आकाशबाट फर्किएको हो ।