४ चैत्र २०७९, शनिबार
अरुण कुमार नेपाली
दाङ —दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा नेपाल विद्यार्थी संघले स्ववियू निर्वाचनको पूर्व सन्ध्यामा ताला लगाएको छ ।
नेविसंघले विद्यार्थीहरुको परिचयपत्र फर्जि रहेको, सोको छानविन चुस्त दुरुस्त नभएको र नेवि संघ र अखिल क्रान्तिकारीको संयुक्त संगठनका उम्मेद्वारहरुको संघरसंगठनको पहिचान खुलाएको मतपत्र तयार नपारेको भन्दै क्याम्पसमा तालाबन्दी गरेको हो । देशैभरी चैत ५ गते(भोली) स्ववियू निर्वाचन हुँदै छ ।
नेविसंघले क्याम्पसमा ताला लगाएपछि त्यहाँको निर्वाचन भने स्थगित भएको छ ।स्ववियू निर्वाचन कार्यालयले सूचना जारी गरी निर्वाचन स्थगित भएको जनाएको छ।निर्वाचन अधिकृत टेकन प्रसाद कँडेलले सूचना जारी गर्दै स्ववियू निर्वाचनमा संलग्न विद्यार्थी संगठनहरु बिच मतपत्रका विषयमा सहमति नजुटदा अर्को सूचना जारी नहुँदासम्मका लागी निर्वाचन स्थगित गरिएको उल्लेख छ ।
