७ चैत २०७९ मंगलबार
कैलाली : कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका-७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुगरखालबाट भजनी नगरपालिका ९ कुणीतर्फ आइरहेको सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना भएको हो।
अनियंत्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको र २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा मृत्यु भजनी ९ की चाहाना चौधरी र दिल रानी चौधरी रहेका छन्। उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।