प्रदिप गुप्ता
८ चैत २०७९ बुधबार
नेपालगंञ्ज—लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना) ले पत्रकारहरुको हकहितका लागी प्रदेश सरकार कटिबद्ध रहेको बताएकी छन्।प्रेस सेन्टर नेपाल बाँके शाखाको प्रशिक्षण तथा बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले पत्रकार तथा सञ्चारकर्मीहरुको पेशागत सुरक्षाका लागी लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी हुन।
मन्त्री केसीले आम सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारहरुको क्षमता विकास तथा ब्यवसायीक दक्षता अभिबृद्धिका लागि प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाईन ।एक महिने संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रेस सेन्टर नेपाल बाँके शाखाले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले जनयुद्धको रापबाट उदाएको शक्तिका रुपमा प्रेस सेन्टर नेपालले बाँके जिल्लामा खेलेको भुमिका उल्लेखनिय भएको उल्लेख गर्दै आगामी दिनमा थप शसक्त ढंगले अगाडी बढ्ने विश्वास ब्यक्त गरे ।जनपक्षिय पत्रकारीताको माध्यमबाट आम नागरीकलाई थप सुसुचित गर्दै समाजमा हुने हरेक किसीमका बिसंगतिका बिरुद्धमा कलम चलाउन समेत उनले आग्रह गरे ।
प्रेस सेन्टर नेपाल केन्द्रिय निति तथा परामर्श समितिका सदस्य शुसिल लामिछानेले संगठनलाई पालिका स्तरसम्म बिस्तार गर्ने अभियान अन्तर्गत बाँकेका ६ वटा पालिकामा कमिटि बिस्तार हुनु आफैमा खुसीको कुरा भएको भन्दै बाँकी पालिकामा समेत संगठन स्थापित गर्न सबै लाग्नुपर्ने बताए।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स), प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिव गजेन्द्र गुरुङ लगाएतले मन्तब्य राखेका थिए ।प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका ७ दर्जन बढि संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।