८ चैत २०७९ बुधबार
दैलेख —दैलेखमा मालबाहक मिनि ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
नेपालगञ्जबाट दैलेखतर्फ जादै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक आज (बुधबार)विहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका ३ ताल पोखरीमा दुर्घटना हुँदा तीनै जनाको घटनास्थमै मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ।
दुर्घटनमा मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी,२५ वर्षीय लक्षिराम चौधरी र २२ वर्षको विष्णु चौधरी रहेका प्रहरीले जनाएको छ। सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ।